वरिष्ठ उपाध्यक्ष कसजु ‘स्थानीय आर्थिक बिकास समितिमा मनोनित

by समतल अनलाइन

बुटवल। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई नेपाल उद्योग बाणिज्य महासंघले स्थानीय आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा मनोनित गरेको छ ।

महासंघका कार्यकारिणी समितीका सदस्य सुरकृष्ण बैद्यको सभापतित्वमा गठित बिशेष आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा महासंघका अध्यक्ष शेखर गोल्छाले बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई मनोनित गर्नुभएको हो ।

महासंघलाई ससक्त रुपमा अंगाडी बढाउने कार्यमा समितिले बिशेष योगदान पु¥याउने र समितिलाई कृयाशिल बनाउने काममा कसजुको पूर्ण सहयोग रहने समेत अध्यक्ष गोल्छाले आशा र विश्वास व्यक्त गर्नुभएको छ ।

 
 
  
 

You may also like