भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड, जसले प्रेमीसँग मिलेर गरेकी थिइन् परिवारका सात जनाको हत्या

by समतल अनलाइन

नयाँदिल्ली। भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड (फासी) दिइँदैछ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फासी दिन लागिएको हो । उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियारले हानेर परिवारका सात सदस्यको हत्या गरेकी थिइन् ।

हाल उत्तर प्रदेशस्थित जेलमा रहेकी उनलाई फासीको सजाय दिइने भएको हो । तर फासी दिने मिति टुंगो लागिसकेको छैन । फासीबाट बच्न उनले यही फेब्रुअरी १५ मा गरेको याचना राष्ट्रपतिले खारेज गरेका हुन् । एजेन्सी

 
 
  
 

You may also like