वुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस प्रारम्भ

by समतल अनलाइन

 बुटवल। वुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस आजदेखि प्रारम्भ भएको छ। नगर प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता नगर खेलकुद बिकास समितीका अध्यक्ष नन्दु काउचाले गरेका थिए । कार्यक्रमको स‌चालन नगर खेलकुद बिकास समितीका सचिब प्रेम सिह बस्नेतले गरेका थिए ।

दिवसका अवसरमा आज बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिएको थियो । जसमा पुरुष सटफुट प्रतियोगितामा दिपक खत्री प्रथम प्रकाश बि क दोश्रो र खेमानन्द दुवे तेश्रो भएका थिए भने पुरुष घैटोफोरमा कमल पुरी बिजेता बनेका थिए ।महिला घैटाे फाेर बिजेता कल्पना भट्टराई र महिला म्युजिकल चियरमा सुश्मा बश्यालले जितेकि थिइन् । उपमहानगरपालिकाका बिभिन्न महाशाखाहरु वीच समेत भलिबल पंतियोगिता भएका थिए ।

जनप्रतिनिधि र बृत व्यवस्थापन महाशाखा बीच भएको पुरुष भलिबल प्रतियोगितामा बृत व्यवस्थापन महाशाखा बिजयी भएको छ भने महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच भएको भलिबल प्रतियोगितामा महिला जनप्रतिनिधिहरुको टोली बिजयी भएका थिए । तातो आलुमा खेलमा महिला तर्फ राधिका श्रेष्ठ र पुरष तर्फ किशाेर अधिकारी बिजेता बन्न सफल भएका थिए।

महाशाखा वीच भएको भलिबलमा प्रशासन महाशाखा प्रथम र पुर्वाधार महाशाखा दाेश्राे हुन सफल भएको थियोे ।दिवसको अवसरमा भोलि फागुन ३ गते बुटवलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

 

 
 
  
 

You may also like