बुटवलमा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

by समतल अनलाइन

बुटवल। बुटवलकाे कालिकानगरमा गएराती मोटर साइकल र स्कुटर एक आपसमा ठोक्किदाँ बुटवलका एक युवाको ज्यान गएको छ । सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल सडकखण्ड अन्तरगत रहेको सर्भिसलेनमा सञ्जिवनी कलेज नजिकै दुर्घटनामा परी सञ्जु खनालको मृत्युभएको हो ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु १५ प १४७२ नम्बरको मोटर साइकल चालक खनालको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्युभएको हो ।

यसैगरी लु ५ प २८३५ नम्बरको स्कुटर चालक शिशिर मगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार बुटवल ११ का सचिन पाण्डे र स्कुटरमा पछाडि सवार सानजन पुन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like