प्रधानमन्त्रीले नयाँ संसद भवनको उद्घाटन गर्नु शास्त्र विपरित कार्य गरेको धर्मगुरुहरुको गुनासो

by समतल अनलाइन

काठमाडौ । विश्व ज्योतिष महासंघ राष्ट्रिय समिती नेपाल , दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल र पुर्विय दर्शन विद्यापीठको संयुक्त आयोजनामा वास्तु दिवस – २०७६ को अवसरमा नेपाल ज्योतिष परिषद्का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना एवम् दशै , तिहार , नेपाल संवत् ११४० तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौको वागवजारमा अवस्थित होटल हार्दिकमा एक भव्य समारोहका विच सप्पन्न भएको छ ।
उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीकृष्ण अधिकारीले हाम्रो वाङ्ग्मयमा वास्तुशास्त्रका विशिष्ट विद्वान् प्रमुख त्वष्टा नाम गरेका रिशिका पुत्र विश्वकर्मा र कश्यप रिसिकी पत्नी मय भएको बताउँदै ज्योतिषशास्त्र र वास्तुशास्त्रको नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउनुभयो । उहाँले अहिलेको समयमा इन्जिनियरले निर्देशन गरेर घर बनाएजस्तो मय पनि दानवको इन्जिनियर भएको स्पष्ट पार्दै मुहुर्तचिन्तामणि लगाएतका विभिन्न शास्त्रहरुमा वास्तुप्रकरण भएकोले ज्योतिष र वास्तु एकअर्काका परिपुरक हैनन् भनेर कुप्रचार गर्नु मुर्ख्याईशिवाय अरु नहुने बताउनदै कैलाश्कुट भवन , सिंहदरबार लगाएत धेरै संरचना प्राचीन वास्तुशास्त्रको आधारमा बनेको ठोकुवा गर्नुभयो । उहाँले

विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डाक्टर लोकराज पौडेलले पुर्विय दर्शन विद्यापीठले वास्तु दिवस मनाउन सुरु गरेको बताउँदै सबैको सल्लाह अनुसार वास्तु दिवस भव्य रुपमा मनाउने व्यवस्था मिलाएकोमा आचार्य सन्तोष वाशिष्ठ र लक्ष्मण पन्थिलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कतिपय ज्योतिषीहरुले वास्तु शास्त्र र ज्योतिषशास्त्र फरक विधाको रूपमा प्रचार गरेता पनि यी दुई शास्त्रहरुको अन्योन्याश्रीत सम्बन्ध रहेको स्पष्ट पार्नुभयो ।
दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डाक्टर सहदेव विष्टले नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिदै ज्योतिषीहरुबाट विकृती आएको तर ज्योतिषीहरुको संगठनमाा विकृती नआएको स्पष्ट पार्दै दक्षिण एसियाली ज्योतिष महासंघले ज्योतिषशास्त्रको साथसाथै वास्तुशास्त्रकोपनि युवापुस्तामा वैग्यानिक ढङ्गले ज्ञान प्रचार गराउने बताउनु भयो ।

दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति आचार्य लक्ष्मण पन्थिले शुक्रास्तको समयमा निषेध गरिएका विभिन्न धार्मिक कार्यक्रम गर्नाले ती कार्यक्रमहरु अनिष्ट भएको हामी सबैलाई अवगतै भएको जानकारी गराउँदै वास्तु दिवसलाई राष्ट्रिय रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा मनाउने व्यवस्था मिलाउन नेपालका ज्योतिषी एवम् वास्तुशास्त्री गुरुहरुलाई आग्रह गर्नुभयो ।
नेपाल ज्योतिष परिषद्का नवनिर्वाचित केन्द्रिय अध्यक्ष ज्योतिषी माधवराज पाण्डेले शुक्रास्तको समयमा नेपाल सरकारका प्रधानमन्त्री सम्माननिय केपि शर्मा ओलिज्युले नयाँ संसद भवनको शिलान्यास गर्नु शास्त्रविपरित कार्य भएको बताउँदै शुक्रास्तको समयमा शिलान्यासको मुहुर्त निकालिदिने ज्योतिषी पण्डित कोहोला भनेर प्रश्न समेत गर्नुभयो ?? उहाँले शास्त्र विपरीत कार्य गराउनेलाई नेपाल ज्योतिष परिषद्ले कार्वाहीको दायरामा ल्याउने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला ज्योतिष संघकी केन्द्रीय अध्यक्ष रतिदेवी श्रेष्ठ , सगरमाथा टेलिभिजनका जीवन मन्त्र कार्यक्रम सन्चालक ज्योतिषी नरेश सिंह , दक्षिण एशियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सदस्य ज्योतिषी पण्डित टिकाराम घिमिरे लगाएतले नेपाल ज्योतिष परिषद्का नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम विश्व ज्योतिष महासंघ राष्ट्रिय समिती नेपालका सभापति आचार्य सन्तोष वाशिष्ठको अध्यक्षता , दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति आचार्य लक्ष्मण पन्थिको स्वागत मन्तव्य एवम् नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका निवर्तमान सह सचीव श्रीकेश कौशिकको सन्चालनमा सम्पन्न भएको थियोे ।

 
 
  
 

You may also like