आजको राशिफल : असोज २ गते, बिहीबार

by समतल अनलाइन

वि.सं.२०७६ साल असोज ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि पञ्चमी,२४ घडी ५८ पला,दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त षष्ठी । नक्षत्र भरुणी,०२ घडी ३१ पला,बिहान ६ बजेर ५१ मिनेट उप्रान्त कृतिका । योग हर्षण,४१ घडी २६ पला,बेलुकी १० बजेर २५ मिनेट उप्रान्त बज्र । करण तैतिल,दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त गर,रातको ०३ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त वृष । काठमाडौँमा सूर्योदय ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान ३० घडी ३० पला । पञ्चमी श्राद्ध।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्यमय रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आय पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरूभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाइ सँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोत हरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरू सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्यमय रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाब बढ्नेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाई लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरूका लागी समय मध्यमय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

-ज्योतिषी गणेश काफ्ले ।

 
 
  
 

You may also like