कहाँ–कहाँ गरियो ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध ?

by समतल अनलाइन

काठमाडौं। केहि दिनअघि पर्यटनमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईको प्लेन उडानमा ढिलाई भएको भन्दै प्लेन जथाभावी बोलेपछि ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्लामा प्रवेश निषेध गरिएको छ । सत्तारुढ दल नेकपाका युवा संगठनले शाहीलाई करिब ५ वटा जिल्लामा प्रवेश निषेध गरिएको छ ।

मन्त्री भट्टराई प्लेनमै गालीगलौज गरेका शाहीले सामाजिक सञ्जाल फेसबुकमा गाली गरेको भिडियो सार्वजनिक गरि रामधुलाई गरेको भन्दै स्ट्याटससमेत लेखेका थिए । त्यसलगत्तै शाहीप्रति खनिएका नेकपाका नेता कार्यकर्ता खनिएका थिए । शाहीलाई कास्की, दाङ, धनुषा, रुपन्देही र कैलालीमा तत्कालिन माओवादी केन्द्रको युवा संगठन वाइसीएल र एमालेको युवा संघले संयुक्तरुपमा प्रवेश निषेध गरिएको छ ।

युवा संघको निर्देशन– निर्णय गर्नुपूर्व अनुमति लिनु
शाहीलाई प्रवेश निषेध गरेको भन्दै बिरोध हुन थालेपछि युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जिल्लाका संगठनले निर्णय गर्नुपूर्व अनुमतिलिन निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा दीपशिखाले ‘स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देशन दिएका हुन् । दीपशिखाले लेखेका छन् ‘राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देश गरिन्छ ।’

शाहीलाई प्रवेश निषेध गर्ने लहर नै चलेपछि आलोचना हुन थालेको छ । कतिपयले लोकतन्त्रमा कसैलाई निषेध गर्न नहुने तर्फ गरिरहेका छन् । तर सत्तारुढ दल नेकपाका कार्यकर्ता शाहीको विरोधमा उत्रिएका छन् । कतिपयले भने शाहीलाई कसैले परिचालन गरेको भन्दै उनलाई अनुसन्धान गरिनुपर्ने माग गरिरहेका छन् ।


कानुनमा के छ ?
कुनै व्यक्तिलाई गालीगलौजमा गर्नेलाई नेपालको कुनै ठाउँमा प्रवेश निषेध नै गर्न पाइन्छ त ? आम जनताको प्रश्न हुनसक्छ । संविधानको धारा १७ को स्वतन्त्रता हक २ अन्तर्गत (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्न स्वतन्त्रता रहेको उल्लेख छ ।

 
 
  
 

You may also like