भारतमा आज चक्काजाम, दिल्लीको सुरक्षा व्यवस्था कडा

by समतल अनलाइन

नयाँदिल्ली। भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताले तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा सुरक्षा कडा पारिदिएको छ ।

दिल्ली प्रहरीका डिसीपी क्राइम चिन्मय विस्वालले टिकरी, सिंघु र गाजीपुर सीमामा सुरक्षा बढाइदिएको जानकारी दिएका छन् । दिल्लीभित्र पनि सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ । नयाँ दिल्लीका डिसीपीले दिल्ली मेट्रोका अधिकारीलाई पत्र लेखेर आवश्यकता पर्दा राजीव चोक, केन्द्रीय सचिवालय समेत इलाकाका १२ मेट्रो स्टेशनमा शर्ट नोटिसमा बन्द गर्नका लागि तयार हुन भनेको छ ।

दिल्ली प्रहरीका अनुसार किसानसँग कुनै कुरा हुन सकेको छैन । यसबारे अन्य माध्यममार्फत् किसानले दिल्लीमा चक्का जाम नगर्ने पत्ता लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । किसानले दिल्लीमा चक्काजाम नगर्ने घोषणापश्चात् पनि प्रहरी कुनै पनि प्रकारको स्थितीसँग जुध्नका लागि पूर्ण रुपमा तयार भएको जानकारी दिएको छ । एजेन्सी

 

 
 
  
 

You may also like