तिनाउ मिसनले ६ प्रतिशत बोनस शेयर वितरण गर्ने

by समतल अनलाइन

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलेशेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रदिपकुमार श्रेष्ठका अनुसार आ.व.२०७६र७७ मा तिनाउ मिसनले १० करोड ८७ लाख ८७ हजार खुद मुनाफा कमाएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन, आ.व,. २०७६र७७ को लेखा परीक्षण प्रतिवेदन, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण प्रस्तुत गरिएको थियो ।

साधारण सभाले आ।व। २०७६र७७को मुनाफाबाट ६ प्रतिशत बोनश शेयर वितरण गर्ने र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले १०० को अनुपातप्राप्ती गर्ने सम्वन्धी प्रस्ताव सर्वसम्मतीले पारित गरेको तिनाउ मिसन डेभलपमेण्टका बैंकका अध्यक्ष जिवन ओझाले जानकारी दिए । ओझाका अनुसार सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडले प्राप्ती गर्ने अन्तिम सम्झौता पत्र तथा यस अघि भए गरेका सम्झौताहरुको अनुमोदन समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृती दिए लगत्तै सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने सिईओ श्रेष्ठले बताए ।

 
 
  
 

You may also like