शान्तिपूर्ण नागरिक आन्दोलनमाथिको प्रहरी दमन ओलीको तानाशाही चरित्र : नेता सिंह

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शन्तिपूर्ण नागरिक आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।सिंहले सोमबार बालुवाटारमा नागरिक आन्दोलन अगुवामाथि भएको प्रहरी दमनले प्रधानमन्त्री तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको बताए । उनले लोकतन्त्रमा सबै नागरिकले राख्न पाउने भन्दै उनले सरकारले फरक मत पनि सुन्न सक्नुपर्ने बताए ।

‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ’, सिंहले मंगलबार फेसबुकमा लेखेका छन्, ‘नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको छ । लोकतन्त्रमा सबैले आफ्ना मतहरू राख्न पाउँछन् । सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गरोस् ।’

नेता सिंहले निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरूद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन पनि आग्रह गरेका छन् ।

 
 
  
 

You may also like