काठमाडौं। निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ । राजनीतिमा लागेमा हटाउने वा बर्खास्तसम्म गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ । तर उक्त व्यवस्था उल्लघंन गर्न प्रधानमन्त्री स्वयंमले कर्मचारीहरुलाई प्रेरित गरेका छन् ।
एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई राजनीतिमा तान्न प्रेरित गरेका हुन् । शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुको भेला बोलाएका छन् उक्त भेलामा पार्टीको ब्यानर राखिएको छ ।
नेकपाको पेशागत विशेष जिल्ला कमिटिको आयोजनामा उक्त भेला गरिएको हो । प्रधानमन्त्री कार्यालय समयमै कर्मचारीहरुको गुटको भेला बोलाएका हुन् । भेलामा दर्जनौं सरकारी कर्मचारी उपस्थित भएका छन्, त्यो पनि कार्यालय समयमा ।
भेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटालगायतका कर्मचारीहरुको उपस्थिति छ । यसैगरी उर्जामन्त्री टोपबहादुर रायमाझी पनि भेलानमा गएका छन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाार्टी फुटाउनेको पक्षमा नलाग्न कर्मचारीलाई आग्रह गरेका छन् ।
उनले आफ्नो पक्षमा सहयोग गर्न र मूलधारमै लाग्न कर्मचारीहरुलाई सल्लाह दिएका छन् । प्रशासन सेवा विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्नो कार्यालयमा बोलाएर कर्मचारीहरुलाई निर्देशन दिन सक्ने तर पार्टीको ब्यानरमा कर्मचारीहरुको भेला गर्न नसक्ने बताउँदै भने, ‘यो कानुनको भावनाविपरित हो ।’ नागरिक दैनिकबाट