बुद्ध सामुदायिक टेलिभिजनको बनभोज कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। बुद्ध सामुदायिक टेलिभिजनले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । बार्षिक कार्यक्रम अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बनबाटीमा रमाइलो बनभोज कार्यक्रम गरिएको हो ।

सो अबसरमा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनले बोर्ड र कर्मचारीका बिचमा आपसी सम्बन्ध प्रगाढ गर्ने उद्धेश्यले आयोजित बनभोजले थप आत्मियता बढाएको बताउनुभयो ।

कार्यक्रममा टेलिभिजनका निर्बतमान अध्यक्ष पृथबहादुर फौदार पृथ्वी, तत्कालित उपाध्यक्ष गोपाल ज्ञवाली,सल्लाहकार डा बुद्ध बहादुर थापा,रिता सेन ओली,टेलिभिजनका निमित्त कार्यकारी प्रमुख बिक्रिम खड्का,कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा टेलिभिजनका पदाधिकारी कार्यसमिति सदस्य,सल्लाहकार,कर्मचारी,जिल्लाका रिर्पोटर तथा सहयोगी शुभेच्छुकहरुको समेत सहभागिता रहेको बनभोज कार्यक्रम संयोजक नारायण पाण्डेले बताउनुभयो ।

कार्यक्रमका अबसरमा केहिदिन अघि बुटवलमा भएको मिडिया कप फुटसलमा प्रथम हुन सफल भएको टेलिभिजनको खेलाडी टीमलाइ खादा तथा माला लगाएर सम्मान समेत गरिएको थियो ।

 
 
  
 

You may also like