कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामै विरोध प्रदर्शन गर्ने, सक्रिय सहभागी हुन देउवाको अपिल

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बिहीबार० देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

आज ९बुधबार० एक विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य गरेको उल्लेख गर्दै पार्टी सभापति देउवाले विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् ।

सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तासँगै लोकतन्त्रवादीहरूलाई पनि बिहीबारको विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् । कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरेको थियो ।
हेर्नुस् कांग्रेसको विज्ञप्ती

 

 

 
 
  
 

You may also like