थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ जना निको, ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३८३ जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २६ हजार ७२६ पुगेको छ ।
आज ९बुधबार० थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९७५ पुगेको मन्त्रालयले जनाएको छ । हाल १७२ जना क्वारेन्टाइनमा छन् ।

यस्तै, देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १६५जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ जना आइसियु रहेका छन् । प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा ६० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३२ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।

 

 
 
  
 

You may also like