थप २४० जनामा कोरोना पुष्टि, २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २४० जना संक्रमित थपिएको जानकारी दिएको छ अहिलेसम्म कुल २ लाख ६७ हजार ५६ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४७७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६१ हजार ४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८१९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ८ हजार ९४४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ४ हजार ५८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९५४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७३ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like