प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् ।आज (शनिबार) काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि न्यायधीशलाई नभेटेको प्रष्ट पारेका छन् । ‘मैले यस पटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए ।

 
 
  
 

You may also like