बुटवल। सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालको जितमा कप्तान पारस खड्काले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै ६८ रन बनाएर आउट भए ।

ज्ञानेन्द्र मल्ल १३ बलमा २ चौका र १ छक्का प्रहर गर्दै १९ रन बनाएर आउट भए ।

दिपेन्द्र सिंह ऐरी २ बलमा १ रन प्रहार गरेर आउट भए ।

त्यस्तै शरद भेषवाकर ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा नटआउट रहे ।

रोहित कुमार पौडेल ९ बलमा १ चौका सहित ६ रन प्रहार गर्दै नटआउट रहे ।

सअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए ।

कुवेतलाई सस्तैमा रोक्न सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले ४ ओभरमा २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । समान खेल खेलेको सिंगापुर तालिकाको शीर्ष स्थानमा रहदै ५ अंक जोडेको छ।

अब नेपाल र सिंगापुरबीचको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

 
 
  
 

You may also like