गुल्मीको सत्यवती गाउँपालिमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बुद्ध सामुदायिक टेलिभिजनले अभियान संचालन गरेको छ ।
टेलिभिजनका कर्मचारीले एकमुष्ट १७ हजार रुपैया प्रदान गरी टेलिभिजनले बुटवलको राजमार्ग चौराहामा रहेको एनआइसी एसिया बैंकमा खाता खोलेको छ । खाता नम्बर १८९८७५०४६१७२९००१ मा रकम जम्मा गरिएको छ । पहिलो दिनमै करिब १ लाख रकम सो खातामा संकलन भएको अभियानका संयोजक तथा टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदार पृथ्वीले जानकारी दिनु भयो ।
टेलिभिजनले सहयोग गर्न चाहनेलेलाई ९८५७०२६५७० पृथबहादुर फैदार ,९८५७०२८१३७ ओम ज्ञवाली,कपिल ज्ञवाली ९८५७०३३०८८,बिनोद पहाडी ९८५१०१७६७३,बिनोद परियार ९८५७०७०१६१ तथा जिन्सी सहयोग गर्न चाहनेले बुद्ध टेलिभिजनको कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ ।
गुल्मीको सत्यवती वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन् ।

 
 
  
 

You may also like