असोज २ गतेबाट ३३ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता हुने

by समतल अनलाइन

बुटवल । ३३ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज २ गतेबाट हुने भएको छ । झरना स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानाकारी गराएको हो ।

असोज १८ गते सम्म तिलोत्तमा कुञ्जलापुरमा रहेको उमा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने क्लवका अध्यक्ष लोक पुनले जानकारी दिए ।

प्रतियोगितामा विजेताले नगद ३ लाख १० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख ५५ हजार प्राप्त गर्ने प्रतियोगिताका खेल संयोजक भरत पौडेलले बताए ।

त्यस्तै २ टिमले २५/२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको असोज २ गते तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like