बाग्लुङ्ग नगरपालिकाका १४ बर्षिय बालक २० दिनदेखि वेपत्ता, खोजि गरिदिन परिवारजनको अपिल

by समतल अनलाइन

बुटवल ।बाग्लुङ नगरपालिका बाट १४ बर्षिय बालक बीस दिनदेखि बेपत्ता भएका छन् ।यहि पुस ०९ गते बिहान साढे ११ बजे घरबाट निस्किएका १४ बर्षीया दिपक बिक उर्फ रोशन बि क नामले चिनिने बालक सम्पर्क बिहिन भएको उनकी आमा दुर्गा वि कले जानकारी दिइन ।

उनले भनिन्,”पुस ९ गते बिहान खाना खाएर निस्केको छोरो अहिले सम्म भेटाउन सकेका छैनौं, सम्पर्क मै आएको छैन, नातागोता इष्टमित्र सबैसँग जानकारी गराएर पनि अझै सम्पर्कमा नआएको हुदा हामी चिन्तामा छौँ ।”

२० दिन देखि हराएको छोरो पत्ता लगाउन विभिन्न ठाउँ गयौं, सबैसँग गुहार्यौं तर भेटिएको छैन । पत्ता लाग्छ कि भनेर जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा निवेदन दिएका छौ तर अझै सम्म भेटाउन नसक्दा असाध्यै चिन्तामा रहेको परिवार पक्षले बताएको छ ।

गहुगोरो वर्ण भएको, आकाशे रङ्गको हुट ज्याकेट र जिन्स पाइन्ट लगाएको, चप्पल लगाएर घरबाट निस्किएको १४ बर्षिय बालकको कपाल लामो रहेको उनले बताइन ।उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् ।

 
 
  
 

You may also like