लन टेनिस खेलाडीलाइ बिदाइ

by समतल अनलाइन

बुटवल । नौलीन स्पोर्टस् भिल्लाको आयोजनामा काठमाण्डौमा सन्चालन हुने दोस्रो नौलीन जेटिआइ जुनियर लन टेनिस प्रतीयोगीतामा सहभागीता जनाउने खेलाडीहरुलाइ बिदाइ गरिएको छ ।

बुटवलमा भएको एक कार्यक्रममा ६ जना खेलाडी तथा एक प्रशिक्षकलाइ बिदाइ गरिएको हो । ८ देखी १२ बर्षसम्मका खेलाडीहरुबिचको प्रतीस्पर्धामा सहभागीता जनाउन रुपन्देहीबाट निश्चल ज्ञवाली,योगेश ज्ञवाली, दिपेश ज्ञवाली, शाहिल थापा,रोहीत रानाभाट,बृजेश अर्याल र प्रशिक्षकमा बिकास खड्का रहेका छन ।

बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटीका सदस्य दिर्घबहादुर केसी (कुमार ),बिशिष्ट अतिथी लन टेनिस सघं रुपन्देहीका उपाध्यक्ष मनोज बस्नेत,अर्जुन गुरुङ,सन्जय श्रेष्ठ लगायतले बिदाइ गरेका थिए ।

बालकृष्ण अर्यालले सन्चालन गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी दिर्घबहादुर केसीले खेलाडीहरुलाइ जितको लागी शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । यसअघि पनी बुटवल लन टेनिस क्लबबाट बिभिन्न उमेर समुहका खेलाडीहरुले देशका बिभिन्न प्रतीयागीताहरुमा सहभागीता जनाएका थिए ।

 
 
  
 

You may also like