आज मंगलबार, यी ९ राशिका लागि अति शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल

by समतल अनलाइन

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मन खूशी र धन लाभको योग रहेको छ । तपाईका लागि धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम मिल्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
महत्वपूर्ण कार्यको थालनी हुनेछ । परिश्रम अनुसार उपलब्धी पनि राम्रै होला । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
एकपछि अर्को अवसर मिल्नाले मन प्रशन्न रहनेछ । घरमा अतिथिको आवागमन हुनेछ भने दिन शुभ बित्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता मिल्ला । प्रेम प्रेमीकाको सम्बन्ध सुमधुर भएर जानेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला साहित्यमा सफलता मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लगनशिलताले अवसर दिलाउने छन् । धन लाभ हुने योग रहेको छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेम प्रेमीकाबीच सम्बन्ध बिग्रिएपनि पुनः सम्बन्धमा सुधार आउनेछ । दिनभर व्यस्त रहने योग छ । स्वास्थयमा समस्या देखिन सक्छ ।

धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सहकर्मीबाट काममा अवरोध होला । लगनशिलताको कमीले गर्दा ठुलो उपलब्धि गुम्नसक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समयमै सहि निर्णय लिन सकिनेछ । राजनैतिक तथा व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पशुपालन तथा व्यापारबाट लाभ मिल्नेछ । आफन्त तथा परिवारमा मनमुटाव हुनसक्छ । साँझपख धन लाभ हुनसक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
गीत संगीतमा सफलता मिल्ला । मनमा खूशी छाउनेछ भने धन लाभ हुने योग छ । अध्यनमा रुचि बढ्नेछ ।

 
 
  
 

You may also like