अमेरिकी संसदमा हमला : आठ महिलासहित हालसम्म ६८ जना पक्राउ

by समतल अनलाइन

यूएस क्यापिटल हिल्स (अमेरिकी संसद भवन) मा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एक जना मात्रै वासिङ्टन डिसीको बताइएको छ । वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८ महिला रहेको जानकारी दिएका छन् ।

उनका अनुसार विभागले हिंस्रक भीडका एक–एकको पहिचान गरेर उनीहरुलाई यसका लागि जिम्मेवारी ठहर गर्ने दिशामा काम गरिरहेको जानकारी दिएका छन् । प्रहरीले धेरैको तस्बिर निकालेको र उनीहरुको पहिचानका लागि समुदायको सहयोग लिइरहेको पनि उनले जानकारी दिए ।

यस्तै, छिमेकी राज्य मेरिल्याण्डमा प्रहरीले एक वेबसाइट बनाएर हिंसामा संलग्न मानिसहरुको तस्बिर जारी गर्दै उनीहरुको पहिचान गर्ने कोशिस गरेको छ । एजेन्सी

 
 
  
 

You may also like