पत्रकार खनालले पत्रकारिता पुरस्कारबाट प्राप्त रकम मानव सेवालाई सहयोग

by समतल अनलाइन

बुटवल । पत्रकार कृष्ण खनालले आफुले प्राप्त गरेको पुरस्कार बापतको रकम आश्रमलाई सहयोग गरेका छन् । केहीसमय पहिला रुपन्देही उद्योग संघले प्रदान गरेको ‘उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार’ बाट प्राप्त गरेको ३५ हजार ५ सय ५५ रुपैयाँ मध्ये मानव सेवा आश्रम बुटवललाई १० हजार ५ रुपैयाँ प्रदान गरेका छन् ।

मंगलबार आश्रममा एक कार्यक्रमको आयोजना गरी पत्रकार खनालले आश्रममा अभिभाव लोकराज भुषाल, नन्दीकिशोर ढकाल, कृष्ण पंगेनी सहित मानव सेवा आश्रम रुपन्देही प्रमुख सरु अधिकारीलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग जन्मस्थान भई हाल रुपन्देहीको सैनामैना निवासी खनाल विगत १० बर्ष देखि रुपन्देहीमा पत्रकारिता गरिरहेका छन् ।

कृषि पत्रकार समाज लुम्बिनीका संयोजक समेत रहेका खनाल बुटवल टुडे दैनिकका बरिष्ठ संवादाता पदमा कार्यरत रहेका छन् ।
कार्यक्रममा बोल्दै पत्रकार खनालले पुरस्कार अन्य रकम अन्य आश्रमहरुलाई समेत प्रदान गरिने प्रतिवद्धता जाहेर गरे ।

 
 
  
 

You may also like