रुपन्देहीको रोहिणीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीको रोहिणीमा सवारी दुर्घटनामा परि २ जनाको मृत्युु भएको छ।

रोहिणी–३  रामनगर स्थित भैरहवा–परासी हुलाकी  सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले बिपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० बर्षीय  गणेश अधिकारी र लु २१ प ७८११ नं.को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ बर्षीय असिम चौधरीको उपचारको क्रममा विहीबार नै मृत्यु भएको हो ।

अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भिम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ बर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ बर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले बताएको छ ।

 
 
  
 

You may also like