भारतमा थप २१ हजारमा संक्रमण

by समतल अनलाइन

काठमाडौँ। भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २२२ जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख २६ हजार ५२७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको हो ।

 
 
  
 

You may also like