थप ४१९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४१९ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६१ हजार ४३८ संक्रमित पुगेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७५० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५३ हजार ८५७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.१ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ४२ हजार ७०२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३६७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ हजार ७११ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८७० पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like