प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

बुटवल ।बप्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् ।

निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् ।

एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ ।

केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन् ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र सुनिल सापकोटाले लेखेका छन् ।

 
 
  
 

You may also like