अहिलेको तानाशाह त पिप्सो मात्रै हो : वरिष्ठ नेता खनाल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई पछारी दिने बताएका छन् ।

अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई आज (बुधबार) सम्बोधन गर्दै नेता खनालले ओलीबाट लोकतन्त्र र संविधानलाई बचाउनु पर्नेमा जोड दिए ।

१०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै उनले भने, ‘यो त पिप्सो तानाशाही हो, यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नु पर्छ ।’ उनले केपी ओलीले काममै नगरी तीन वर्ष बिताएको पनि बताएका छन् ।

 
 
  
 

You may also like