डि फाईभ रेष्ट्रो शुभारम्भ हुदै

by समतल अनलाइन

बुटवल ।अग्रेजी नया वर्षसंगै कालिका पथ बुटवल ९ स्थित दुईतल्ला आकर्षक भवनको माथिल्लो तल्लामा रेष्टुरेन्ट सेवा सुभारम्भ भएको छ । पाच युवा उद्यमीहरुले नया सेवासुविधायुक्त डि फाईभ रेष्ट्रो एण्ड बार सेवा संचालनमा ल्याएका हुन । संचालकहरु दिनेश थापा, समीर बन्जाडे, सरोज कुमारी यादव, सुरज भट्टराई, अभिषेक थापा गरि ५ जना युवाहरुको लगानीमा खुलेको हो ।

करीब १५ सय स्क्वायर फुट एरियामा आकर्षक सजावट गरि युवाहरुको १ करोड २० लाखमा पुर्वाधार तयार भएको छ । सबै तयारी भएपनि लक डाउनका कारण ६ महिना ढिला गरि सुभारम्भ गरिएको संचालक दिनेश थापाले बताए । ईन्डोर ४० जना क्षमताको रेष्टुरेन्ट, बाल्कोनिमा ३० जना क्षमता रहेको छ यसैगरि १० जना क्षमताको स्मोकिङ जोन सहितको ब्यवस्था रहेको छ । ब्यापारिक घराना लक्षित गरि आकर्षण डिजाईन गरिएको उनले बताए । ईण्डियन सेफ विशेष सहितका सेवा रहेको उनले बताए ।

विहिबार होटल एशोसियन अफ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले उद्घाटन गर्ने उनले बताए । उद्घाटनभरि पवन गिरि, अमित बराल, बिक्रम बराल लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतीसंगै लाईभ म्युजिकको मजा एक हप्तासम्म हुने छ ।

 
 
  
 

You may also like