१२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

by समतल अनलाइन

काठमाडौ । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलाचेना गरेका छन् । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड सर्वसाधारणलाई खोप लगाउने लक्ष्य लिए पनि सो अनुसार काम नगरेको आरोप लगाएका छन् ।

बाइडेनले ट्रम्प प्रशासनको लक्ष्यभन्दा आधा कमले मात्र पहिलो चरणको खोप लगाएको दावी गरे । उनले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको टिप्पणी गरे ।

बाइडेनले आगामी जनवरी २० मा पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका छन् । आफ्नो घोषणा अनुसार काम गर्न हालको प्रशासन इच्छुक नरहेको बाइडेनको आरोप छ । उनले आफ्नो लक्ष्य पूरा गर्न हाल उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले वृद्धि गर्नुपर्ने दावी गरे । एजेन्सी

 
 
  
 

You may also like