भारतमा कोरोनाबाट २४ घण्टामा २७९ जनाको मृत्यु, २० हजार संक्रमित

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २७९ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार २१ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड २ लाख ७ हजार ८७१ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ९७ लाख ८२ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २१ हजार १३१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा २ लाख ७७ हजार ३०१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १६ करोड ८८ लाख १८ हजार ५४ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ लाख १५ हजार ३९७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like