ओलीले गणतन्त्र नै धरापमा पारे : प्रचण्ड ‘अदालतले संसद् विघटन गर्ने निर्णय खारेज गर्ने विश्वास छ’

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र धरापमा पारेको आरोप लगाएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रिय कमिटी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरु गणतन्त्रका लागि लडिरहँदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गराए ।
‘अदालतले संसद् विघटन गर्ने निर्णय खारेज गर्ने विश्वास छ’
प्रचण्डले संसद विघटनको प्रस्तावविरुद्ध अदालतले सहि फैसला सुनाउने विश्वास आफूलाई भएको बताएका छन् । उनले संविधानको मर्म र जनताको भावनाअनुसार अदालतको फैसला आउने विश्वासमा रहेको बताए ।

 

 
 
  
 

You may also like