प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् हेरफेर र विस्तार, को कहाँ ?

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मन्त्रिपरिषद्को हेरफेर र विस्तार को हेरफेर र विस्तार गरेका छन् । प्रतिनिधिसभा विघटनपछि रिक्त भएका सात मन्त्रालयमा मन्त्री थप गर्दै मन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर पनि गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।

को कहाँ ?

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।

– टोपबहादुर रायमाझी(उर्जा)
– मणि थापा(खानेपानी)
– प्रभु साह(शहरी विकास
– प्रेम आले(वन)
-गणेश ठगुन्ना(सामान्य प्रशासन)
-गौरी शंकर चौधरी(श्रम
-दावा लामा(युवा तथा खेलकुद)
-जुली कुमारी महतो(महिला बालबालिका)
-विमला विश्वकर्मा(उद्योग राज्यमन्त्री)
-भानुभक्त ढकाल( पर्यटन -मन्त्रालय हेरफेर)
-हृदयेश त्रिपाठी( स्वास्थ्य -मन्त्रालय हेरफेर)
-लीलानाथ श्रेष्ठ(कानून)
-शिवमाया तुम्बाहाङ्फे(भूमिसुधार)
-पद्मा अर्याल( कृषि)
-कृष्ण गोपाल श्रेष्ठ( शिक्षा)

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

 
 
  
 

You may also like