राजावादी सडकमा आउनुको मुख्य जिम्मेवार प्रधानमन्त्री : देउवा

by समतल अनलाइन

मकवानपुर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरु सडकमा आउनुको मुख्य कारण प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् ।

आज (सोमबार) मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’ उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ देउवाले आफ्नो पार्टी गणतन्त्रलाई स्थापित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

 

 
 
  
 

You may also like