मिस्टर एण्ड मिस वल्र्ड वाइडका विजेता सार्वजनिक

by समतल अनलाइन

बुटवल । पि प्रोडक्सनको आयोजनामा बुटवलमा सम्पन्न मिष्टर÷मिस वल्र्ड वाइड नेपाल, मिष्टर÷ मिस वल्र्ड वाइड नेपाल टिन, मिस वल्र्ड वाइड इन्टरनेशनल नेपाल, मिस वल्र्ड वाईड नेपाल प्रि–टिन, मिस वल्र्ड वाइड नेपाल लिटिलका विजेताहरुलाई सार्वजनिक गरेको छ । त्यसैगरी प्रतियोगिताका उत्कृष्टहरु भ्यूअर्स च्वाइस, मिष्टर÷मिस अर्गनाइजर च्वाईस,मिस व्यूटी विथ पर्पोज, मिस च्वाइस पपुलरहरुलाई पनि सार्वजनिक गरिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रतियोगिता सम्पन्न भएपनि कोरोनाका कारण विजेता तथा उत्कृष्टहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विजेताहरुलाई उपाधिसहित विभिन्न गिफ्टहयाम्पर प्रदान गरिएको पि प्रोडक्शनका निर्देशक आनन्द भुर्तेलले बताए।
प्रतियोगितामा मिष्टर वल्र्ड वाईड नेपाल– २०२० को उपाधि बरुण भुसालले जितेका छन् । यस्तै मिस वल्र्ड वाइड नेपाल– २०२०को उपाधि रोशिनी खप्तरी, मिस वल्र्ड वाइड ईन्टरनेशनल नेपाल–२०२० को उपाधि सन्ध्या श्रेष्ठले जितेकी छन् ।

त्यसैगरि मिष्टर वल्र्ड वाइड नेपाल टिनको उपाधि निखिल योगी, मिस वल्र्ड वाईड नेपाल टीनको उपाधि आयूषा कालिराज, मिस वल्र्ड वाइड नेपाल लिटिलको उपाधि आयूषा पौडेल, मिष्टर भ्यूअर्स च्वाइसको उपाधि सक्षम सापकोटा, मिस भ्यूअर्स च्वाइसको उपाधि अमिसा थापालाई प्रदान गरिएको छ ।
यस्तै मिष्टर अर्गनाईजर च्वाइसको उपाधि रमेश कार्की, मिस अर्गनाइजर च्वाईसको उपाधि अप्सरा विश्वकर्मा, मिस व्यूटी विथ पर्पोजको उपाधि मिना ज्ञवाली र मिस पपुलर च्वाइसको उपाधि अस्मिता खत्रीले प्राप्त गरेका छन् । सो अवसरमा बोल्दै मिष्टर वल्र्ड वाईड नेपाल– २०२० को विजेता बरुण भुसालले प्रतियोगिताबाट आफूले धेरै कुराहरु सिकेको बताउँदै आगामी दिनमा अन्य प्रतियोगिताहरुमा पनि निरन्तरता दिने बताए । त्यस्तै मिस वल्र्ड वाइड नेपाल– २०२०की विजेता रोशनी खप्तरीले प्रतियोगिताले आतमविश्वास बढेको बताइन् ।
प्रतियोगिताको निर्णायकहरुमा निश्चल खड्का, सुजित बस्याल, नवराज देउवा, गीता खरेल रहेका थिए । विजेताहरुलाई उपाधिसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रतियोगिताका कोरियोग्राफर प्रशान्त शाहले जानकारी गराए । प्रतियोगिताको निर्देशन पि प्रोडक्शनका प्रबन्ध निर्देशक भुर्तेलले गरेका थिए । कोरोना महामामारीमा गत कार्तिकमा भर्चुअल तथा प्रत्यक्ष सहभागितामा सम्पन्न कार्यक्रममा ५ लाख खर्च भएको कोरियोग्राफर शाहले बताए ।

 
 
  
 

You may also like