प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता २०७७ आयोजक सौभाग्य सेमीफाईनलमा

by समतल अनलाइन

बुटवल । आयोजक सौभाग्य युवा क्लब बुटवलमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को सेमीफाईनलमा प्रवेश गरेको छ । आईतबार भएको खेलमा विजयी हुदै आयोजक सौभाग्य युवा क्लब ए अन्तिम चारमा स्थान बनाएको छ । क्वाटरफाईनल खेलमा सराई एफसी पाल्पालाई २—० गोलले पराजित गर्दै सौभाग्य सेमीफाईनलमा प्रवेश गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको छैटौ मिनेटमा सौभाग्यका यम रानाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । सौभाग्यकै आशिष श्रेष्ठले खेलको २९ औ मिनेटमा अर्को गोल गरेका थिए । खेलमा सौभाग्यका आर एम मल्ल म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार जनज्योती युवा क्लब डिगरनगर र केरवानी स्पोर्ट्स क्लब ढेकार खेल हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

 
 
  
 

You may also like