भारतमा कोरोनाबाट २४ घण्टामा ५२६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५२६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार ५५१ जना संक्रमित पुष्टि भएको छ ।

यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९५ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९५ लाख ३४ हजार ९६५ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८९ लाख ७३ हजार ३७३ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४० हजार ७२६ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ४ लाख २२ हजार ९४३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १४ करोड ३५ लाख ५७ हजार ६४७ नमुना परिक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ११ लाख ११ हजार ६९८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like