स्थापना दिवसमा आपाङ्ग आश्रममा खाद्यान्न हस्तारण

by समतल अनलाइन

बुटवल।रुपन्देही खुद्रा किराना व्यावसायी संघले स्थापना दिवसको अवसरमा अपाङ्ग आश्रमा खाद्यन्न हस्तारण गरेको छ । १५ औं स्थापना दिवसको अवसरमा बुटवलको देवीनगरमा रहेको नेपाल आपाङ्ग आश्रममा बिभिन्न खाद्यन्नहरु सुक्रबार हस्तारण गरिएको हो । संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै बुटवल बार्ड ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना महामारीको विचमा अपांगलाई दैनिक उपभोग्य बस्तुहरु हस्तान्तरण गर्नु सहरानियक कार्य भएको बताए ।
उनले खुद्रा किराना व्यवसायी हक हितको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यत गरे।कार्यक्रमा संस्थापक टिकाराम गैरे,महासचिव गोपाल प्रधान,बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल लगायत बोल्दै संघको भवन वनाउनको लागि जग्गा व्यवस्थापन सवै पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए ।उनीहरुले खुद्रा किराना व्यवसायी संघले समस्या ध्यान दिन राज्यले नसकेको गुनासो गरेका थिए ।

 
 
  
 

You may also like