यो साता विदेशमा कोरोना संक्रमित ६ नेपालीको मृत्यु

by समतल अनलाइन

दोहा।कोरोना भाइरस (कोभिड–१९) का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

यो संगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले जनाएको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो ।

स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार सााझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । यो कुल संक्रमित मध्येको ९१ प्रतिशत रहेको छ ।

 
 
  
 

You may also like