बुटवलमा कार दुर्घटना , २ जना घाइते

by समतल अनलाइन

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले नागरिक अनलाइनलाइ जानकारी दिएको छ  ।

राजमार्ग चौराहा नजिकै रहेको कालिका मानव ज्ञान मावि अगाडी सो कार दुर्घटना हुँदा कार कच्याककुचुक भएको छ । घाइते २ जनाकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।

कारको गती नियन्त्रणबाहिर जाँदा डिभाइडरमा ठोक्किएको हो । कारको टायर र इन्जिन भने उछुट्टीएर सडकमा आएको छ ।

 
 
  
 

You may also like