शिवनगर बनद्धारा हरिबोधनि एकादशीमा निशुल्क लिङ्गा वितरण गर्ने

by समतल अनलाइन

बुटवल । शिवनगर सामुदायिक बनद्धारा हरिबोधनि एकादशीमा निशुल्क लिङ्गा वितरण गर्ने भएको छ । हिन्दुहरुको धार्मिक पर्व हरिबोधिनी एकादशिका दिन वनसमितिको कार्यालय शिवनगर परिसरबाट बिहान ५ बजेदेखि आफना उपभोक्ताहरुलाई निशुल्क लिङ्गा बितरण गर्ने भएको शिवनगर सामुदायिक वनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) ले जानकारी दिनुभयो । हिन्दुहरुको धार्मिक पर्व हरिबोधिनी एकादशि यही मंसिर ११ गते बिहिबार परेको छ ।

हरिबोधिनी एकादशीमा बितरण गरिने लिङ्गा काली गण्डकी बुटवल विधुत प्रसारण लाईनको हाईटेन्सनको मुनिपट्टिको एरियाबाट संकलन गरि कार्यालय परिसरमा राखि सकिएको समितिकी सदस्य रचना श्रेष्ठले जनाकारी दिनुभयो ।

हिन्दु धर्मालम्वीहरुले उक्त दिन हरिबोधनि एकादशी व्रत बस्ने र सो दिन निर्जला एकादशीमा छरेको तुलसीको बीउ हरिसयनी एकादशीमा रोप्ने र हरिबोधिनी एकादशीका दिनमा पुर्ण शक्तिबान हुनाले बिवाहा गरिदिने चलन रहेको छ । एकादशीमा व्रत बसेर तुलसी र नारायणको पुजा स्मरण गर्नाले यज्ञादि हरुको फल प्राप्त हुन्छ भनेर विभिन्न धर्मशास्त्रमा उल्लेख गरिएको पाईन्छ । दिनभर व्रत बसेर तुलसी र बिष्णु भगवानको पुजा गर्ने र बेलुका रामायण पाठ गर्ने वा सुन्नाले समस्त पापको नष्ट हुनुका साथै यसलोक र परलोकमा समेत सुखानन्द प्राप्त हुनेछ र बिष्णुपद समेत प्राप्त हुने मान्यता रहेको शास्त्रमा उल्लेख गरिएको पाईन्छ ।

 
 
  
 

You may also like