बिबि पौडेलको ” निम्तो दिएको ” पन्चेबाजा गित बजारमा

by समतल अनलाइन

बुटवल । बिवाहको मौसमलाई मध्येनजर गर्दै बुटवलका नवगायक बिबि पौडेलले निम्तो दिएको नामक पन्चे बाजा गित निकालेका छन । उनले चौथो एल्बमका रुपमा यो बजारमा ल्याएका हुन।

चौतारी फिल्मले आयोजना गरेको कार्यक्रम सप्तरंगी संसारको संयोजनमा गायक बिबि पौडेलको पन्चेबाजा गित निम्तो दिएको आईतबार एक समारोहका बिच लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेशका अध्यक्ष डिल्लिनारायण पाण्डेले विमोचन गरेका छन।

अध्यक्ष पाण्डेले सानैमा भएको कलाकारितालाई पौडेल गायनमार्फत ढिलै भएपनि प्रस्तुत गर्न सफल भएको दाबी गरे । लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रले कलालाई माया गरेको हुदा पनि यहा नवोदित कलाकार, गायकहरुको गीतसंगितले स्थान पाएको उनले बताए ।
समाजमा घट्ने प्रेम, वियोगका घटनाहरु दर्शाउने शब्द चयन भएका गित समेटिएको छ ।

गितमा नवगायक बिबि पौडेललाई देवि घर्तीले स्वरमा साथ दिएका छन ।
भारतिय सेनामा लामो समय योगदान दिएर स्वदेशमा फर्किएर होटल ब्यवस्थापनमा लागेका बिबि पौडेल सानैदेखि गितसंगितमा सौखिन रहेका थिए। कोभिड १९ को संक्रमणको बेला मानिसहरु घरमै थुनिएर बस्नुपरेको अवस्थामा धेरै ब्यक्तिहरु आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसरका रुपमा लिईरहेका उनले बताए ।
रुपन्देही शाखाका अध्यक्ष दिपक कार्की, पुर्वअध्यक्ष बिमलराज भट्टराई, गायक अमरदिप बिसि, नेपाल चलचित्र पत्रकार संघ रुपन्देही शाखाका मोहन न्यौपाने, मेरिगोल्डका संचालक पुरन पौडेलले गित संगितको माध्यमबाट कोभिड १९ बाट थेरापीको काम गर्ने बताए ।

 
 
  
 

You may also like