रोशन नेपालका सातौ पुण्य तिथिमा आश्रमलाई सहयोग

by समतल अनलाइन

बुटवल । रोशन नेपालको सातौ पुण्य तिथिका अवसरमा रोशन नेपाल स्मृति प्रतिष्ठानले मंगलबार मानव सेवा आश्रम बुटवललाई खाद्यान्न विवरण गरेको छ । सामाजिक काममा अग्रसर प्रतिष्ठानले कोभिड १९ को कारण यस वर्ष आश्रमलाई सहयोग गरि मनाएको प्रतिष्ठानका सचिव कृष्ण नेपालले बताए । मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, आश्रम रुपन्देहीका अभिभावक लोकनाथ भुसाललाई प्रतिष्ठानका अध्यक्ष रामचन्द्र आचार्य, रामलाल श्रेष्ठ र सावित्री नेपालले खाद्यान्न हस्तान्तरण गरेका थिए ।
विगतका वर्षहरुमा प्रतिष्ठानले जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयबाट एसईई मा उत्कृष्ट अंक ल्याएका छात्रछात्राहरुलाई सम्मानित गर्ने, रक्तदान गर्ने, बृद्धबृद्धाहरुलाई सम्मान गर्ने लगायत अन्य विविध काम गर्दै आईरहेको थियो ।

 
 
  
 

You may also like