बुटवल। होटल पौवा गुल्मीको रेसुङ्गामा आफ्नो नयाँ शाखामार्फत सेवा संचालनमा ल्याएको छ ।
आमन्त्रितहरुलाई पौवाका शाखा रहेका विभिन्न जिल्लाका स्थानीय परिकारको स्वाद पस्कँदै पौवाले रेसुङ्गामा नयाँ शाखाको सेवा आरम्भ गरेको हो ।
सेवा संचालनसँगै ३ दिन विशेष कार्यक्रम गर्दै रेसुङ्गामा सञ्चालित रिसोर्टमा आमन्त्रित गरिएका पाहुनाहरुलाई शाखा रहेका जिल्लाका परम्परागत खाना चखाउने कार्यक्रम राखिएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार विशेष कार्यक्रमअन्तर्गत आमन्त्रितहरुलाई जुम्लाको गेडागुडीको सुप, दाङको थारु समुदायको ढिक्रि र माछाको अचार, रुपन्देही(कपिलवस्तुको प्रतिनिधित्व हुने गरी बौद्ध दर्शन अनुसारको सुजाता खिर, पाल्पाको चुकौनी तथा गुल्मीको बोकाको सुपको स्वाद चखाइएको छ ।
पौवाले कर्णाली प्रदेशको जुम्लासहित लुम्बिनी प्रदेशको लमही, भालुवाङ, गोरुसिङ्गे, बुटवल, भैरहवा र पाल्पाबाट सेवा दिँदै आएको छ ।
सेवा शुभारम्भको पहिलो दिन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुषाल सहित कार्यपालिकाका पदाधिकारी, गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, गुल्मी प्रहरी प्रमुख प्रबिण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।