पर्सा।जिल्ला प्रहरी कार्यालय पर्सामा नाम बदनाम घुमुवाको रूपमा चिनिएका २ जना सहित टाइगर टोलि भनिने क्यू.आर.टी. टोलिका प्रमुख सहित दर्जनौ घुमुवा परिचालन भएका छन । तस्करीको रकम उठाउदै आएको कारण नाम बदनाम भएका प्रहरी हवलदार यादव र प्रहरी जवान अंसारी माथिल्लो निकायकै निर्देशनमा जिल्लाको घुमुवामा यथावत रहेको बुझिन्छ ।छन्द
अञ्चल प्रहरी कार्यालय नारायणी हुदा नै घुमुवामा बस्दै आएका प्रहरी हवलदार खुशीलाल यादव र प्रहरी जवान पैगम्बर अन्सारी तस्करीको रकम उठाउदै आएका थिए । तत्कालीन आइजिपी सर्बेन्द्र खनालका समेत घुमुवा बसि सकेका द्वयले बारा र पर्सा जिल्लाको सीमा नाकाबाट रकम उठाउन जिम्मेवारी पाएका थिए । प्रहरी नायब निरीक्षक बिजय यादवले खटाएका द्वय घुमुवा हालको समयमा जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवामा यथावत हुन सफल भएका छन । प्रहरी नायब निरीक्षक बिजय यादव तत्कालीन आइजिपी सर्बेन्द्र खनालको पिएको रूपमा मानिने गरिन्थे । उहाले खटाए बमोजिम बारा, पर्सा र रौतहटबाट रकमी चन्दा आतन्क मचाउन सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखामा कार्यरत रहेका प्रहरी हवलदार खुसीलाल यादव र प्रहरी जवान पैगम्बर अन्सारी बिगतको दिनमा पनि तस्करीको साटघाट राखेको बिषयमा विभिन्न सन्चार माध्यमले उजागर समेत गरेको थियो । तर हालको समयमा केही तस्करका ठेकेदार र आफुलाइ वरिष्ठ ठान्ने केही भ्रष्ट तस्करीका बिचौलियाको सहयोगमा प्रहरी निरीक्षक रबि भुसन यादव र प्रहरी नायब निरीक्षक प्रकाश रावतलाई समेत क्राइम शाखाको जिम्मेवारीबाट हटाउन सफल भएको प्रहरी श्रोतले नै जनाएको छ ।
श्रोतले जनाए अनुसार प्रहरी हवलदार यादव र प्रहरी जवान अंसारीले आफ्नो आकालाई रकम नपठाएको झोकमा प्रदेश प्रहरी सङ्ग समन्वय गरि क्राइम शाखाको जिम्मेवारीबाट हटाउन सफल भएको बताएका छन । विभिन्न आरोप लगाउदै डिआइजी धिरज प्रताप सिंहको माध्यमले आफ्नो बर्चस्व जमाउन सफल भएको उनले ठोकुवा गरे । यता प्रहरी नायब निरीक्षक रावत क्राइम शाखाबाट जिम्मेवारी मुक्त हुनसाथ प्रहरी हवलदार खुशीलाल यादवले क्यू.आर.टी.का प्रहरी हवलदार देवदत्त कुशवाहाको माध्यमले लाखौ रूपैया तस्कर संगठन सङ्ग बुझेको खबर प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका क्यू.आर.टी. टोलिका प्रमुख प्रहरी हवलदार देवदत्त कुशवाहाले बिरगंज महानगरपालिकाको बिरगंज भन्सार क्षेत्र सहित ग्रामिण भेग सम्म तस्कर संगठन सङ्ग समेत क्राइम टोलिका पैगम्बर अन्सारी र खुसी यादवको नाममा लाखौ रूपैया नजराना बुझेको प्रमाण फेला परेको छ । माथिल्लो निकायको आशिर्वाद पाए पश्चात् आफुलाइ कसैले क्राइम शाखाबाट हटाउन नसक्ने भन्दै तस्कर संगठन सङ्ग मोटो रकमको नजराना बुझेको बताइन्छ । प्रहरी संगठनमा नै नाम बदनाम भएका प्रहरी हवलदार खुशी लाल यादव, प्रहरी हवलदार देवदत्त कुश्वाहा र प्रहरी जवान पैगम्बर अन्सारी सहितको टोलि माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।
क्राइम शाखा र क्यू.आर.टी टोलिको बदमासी, कारवाही कसले गर्ने ?
77