झविन्द्र देवकोटा
बुटवल ।
बुटवल–८ स्थित मुनाल ईङ्गलिस बोर्डिङ्ग हाई स्कुलले एस।ई।ई। उत्रीण भएका विद्यार्थीहरुलाई बिदाई, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।एस।ई।ई। उत्रीण भएका तथा उच्च शिक्षा अध्ययन सुरु गरेका ३३ जना विद्यार्थीहरुलाई विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम गरेर विदाई गरेको हो ।
उर्तिण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिर्दै जिल्ला शिक्षा विकास समन्वय इकाई समिति रुपन्देहीका संयोजक दिपेन्द्र ढकालले उच्च शिक्षा अध्ययनको सुरुवात गरेका विद्यार्थीलाई शैक्षिक सफलताको कामना गर्नुभयो। उहाले अध्ययनलाई फलदायि बनाउनका लागि निरन्तर अध्ययन तथा लगनशिलताको गुण विद्यार्थीमा हुनै पर्ने सुझाव दिनुभयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, प्रदेश उपाध्यक्ष विष्णु पौडेल, अभिभावक संघका प्रदेश ५ अध्यक्ष हेमबहादुर थापा, रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, पुस्तक तथा स्टेशनरी ब्यवसायि महासंघका पुर्व अध्यक्ष हरि अर्याल, महासचिव दिवाकर घिमिरे, एन प्याब्सनका सल्लाहकार राजु गुरुङ्ग, शिक्षक अर्जुनप्रसाद रेग्मी, विद्यार्थी आयुष आचार्य, सपना बज्राचार्य, समिक्षा खरेल, गुर्लिन कौर लगायतले उर्तिण विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो । विद्यार्थी क्षितिज अर्याल र मेलिना उपाध्यायको संयुक्त संचालनमा भएको कार्यक्रममा एसईईमा ए प्लस ग्रेड ल्याउने ४ विद्यार्थीलाई दश हजार तथा ए ग्रेड ल्याउने ९ जनालाई ५ हजार नगद सहीत सम्मान गरिएको थियो ।
मुनाल बोर्डिङ्गबाट २०७५ सालको एसईई परीक्षामा ३३ जना सहभागि भएका थिए भने अन्य विद्यालयले सेन्टअपमा गर्ने विदाई कार्यक्रम मुनालले भने एसईई परीक्षाको नतिजा आएर उच्च शिक्षा अध्ययनका लागि बाहिरी विद्यालयमा भर्ना भएका आफ्ना विद्यार्थीलाई विद्यालयमा बोलाएर बिदाई कार्यक्रम गरेको हो ।

 
 
  
 

You may also like