योजना बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा तथा दोस्रो अधिवेशन

by समतल अनलाइन

प्रिया अधिकारी
बुटवल। योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चन १ बेलभरियाले आफ्नो चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन कञ्चन १लौसा डाफे पाटी प्यालेसमा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष जित बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय सामसद भुमिश्व ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा साम्सद ढकालले बोल्दै योजना वचत कृषकहरुको सहयात्री बनेको बताउदै आगामी दिनहरुमा पनि बढी लगानी गरि आफ्नो उधमशिलता बढाउन प्रभावकारी भुमिका खेल्ने बताउनु भयो। कार्यक्रमका विशिष्ट अतिथि सहकारी संघ रुपन्देहीका सचीव सन्दिप सापकोटाले वचत तथा सहकारी मार्फत समाज परिवर्तनमा ठोष सहयोग पुगेको बताउदै सह्कारीमा नियमगत एकजुट हुनुपर्नेमा जोड दिनु भयो।

त्यसै गरि वडा सदस्य खगेश्वर भुसाल,शालिकराम पौडेल ,राजन पौडेल ,मानबहादुर पुन ,सल्लाहकार निरोज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। भने उधमी तर्फ हेमराज ,गोबिन्द ब कार्की ,शिला घर्ती ,चन्द्री नेपाली दमाई र्कृष्ण ,खुत्रुके वचत तर्फ रिता क्षेत्रीलाई र एसईईमा उतकृष्ट नतिजा ल्याउने अंकित न्यौपाने र अ्मिसा घर्ती मगरलाई सम्मान गरेको छ। संस्थाका अध्यक्ष जित बहादुर पुनले भावी योजना प्रतिवेदन पेश गर्नु भएको थियो भने हिमादेवी अधिकारीले आर्थिक प्रतिवेदन र राजन शर्माले लेखा प्रतिवेदन पेस गर्नु भएको थियो।

उक्त संस्थामा ६१० जना शेयर सदस्य रहेका छ्न। संस्थाकि उपाध्यक्ष सपना शर्मा पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम संस्थाका सचीव बिष्णु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। योजनाको नयाँ कार्य समितिको अध्यक्षमा घर्ती निर्वाचित योजना वचत ऋण सहकारी संस्थाको दोस्रो अधिवेशनबाट खिम बहादुर घर्तीमगर निर्विरोध चयन हुनु भएको छ

,त्यसै गरि उपाध्यक्षमा सपना शर्मा पौडेल सचीव दुर्गा बहादुर कार्की कोषाध्यक्षमा रमेश ज्ञावलि चयन हुनुभएको छ भने सदस्यहरुमा खिमलाल भट्टराई,रेखा राना,देबेन्द्र आचार्य ,ददिराम लम्साल चयन भएका छ्न भने लेख समिति तर्फ राजन शर्मा ,बाबुराम गौतम र सुमन ढकाल चयन हुनुभएको छ।उक्त नयाँ कार्यसमिति लाई निवर्तमान अध्यक्ष जित बहादुर पुन सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको ।

 
 
  
 

You may also like