सिद्धि बिनायकको कोरियन फ्लेवरको ‘समुराई’ चाउचाउ बजारमा

by समतल अनलाइन

बुटवल। नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन फ्लेवरको चाउचाउ बजारमा ल्याएको छ । नेपाली बजारमा कोरियन तयारी चाउचाउको माग बढेपछि सूपथ मुल्यमा आवश्यकता परिपूर्ति गर्नको लागि कोरियन फ्लेवरको चाउचाउ उत्पादन गरिएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिका अध्यक्ष उज्वल कसजुले जानकारी दिनुभयो ।
कम्पनीले लामो समयको अनुसन्धान पछि उत्पादन गरेर बजारमा ल्याएको उहाँले बताउनु भयो । ‘कोरियन स्पाईसी नुडल्स’को स्वादमा ‘समुराई गोउरेन्टस् स्पाईसी’ चाउचाउ ल्याएको र बजारमा लोकप्रीय हुनुका साथै उपभोक्ताले यसको स्वाद मन पराउने कम्पनीले विश्वास गरेको प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयो ।

१२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपाली बजारमा १५० रुपैंया छ । सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्य निर्धारण गरिएको कम्पनीका व्यबस्थापक हरिबंश भुजेलले जानकारी गराउनु भयो । उहाँले नेपाली उपभोक्ताले सुपथ मुल्यमा कोरियन स्वाद लिन पाउने गरी कम्पनीले सुभल मुल्य निर्धारण गरिएको उल्लेख गर्नुभयो । सिंगापुर, चिन र भारतबाट बिभिन्न अन्तर्राष्ट्रिय स्तरका अवयवहरु आयात गरेर उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्याईएको अध्यक्ष कसजु बताउनुहुन्छ ।
सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ ईन्टरनेशनलले लिएको छ । कम्पनीले उत्पादन गरेको समुराई नुडल्स आजैदेखि बजारमा पठाईएको यु एण्ड यु ईन्टरनेशनले जनाएको छ ।

 
 
  
 

You may also like