भारतमा थप ६७ हजारमा संक्रमण

by समतल अनलाइन

काठमाडौं ।भारतमा थप ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ६७ हजार ७५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६१ लाख ४६ हजार ४२७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६३ हजार ६८९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार १८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८१३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like